१२ अंकले घटेको शेयर बजारमा खुम्चियो कारोबार रकम
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा कारोबार रकम खुम्चिएको छ । नेप्से परिसूचक १२.१० अंकले घटेको बजारमा कारोबार रकम पनि न्युन भएको हो । बजार २७२७.३६ बिन्दुमा आएर अडिएको छ ।
३१६ कम्पनी सामेल भएको आजको कारोबारमा २ करोड १ लाख ५३ हजार कित्ता शेयर खरिद बिक्रि भएको हो । आज माइक्रोफाइनान्स र व्यापार समुह बाहेक सबै समुहमा गिरावट आएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त संस्थाले बाजी मारेको छ ।
यसको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबार रकमका आधारमा नेपाल फाइनानस अगाडि छ । यसको ४० करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा आजको कारोबारमा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
पछिल्ला केही दिन यता बजारमा उतारचढाव देखिएको छ । हुन त यो बजारको स्वभाव भएको जानकारहरु बताउँछन् । कारोबार रकम ३२ कारोबार दिन यताकै कम हो ।