एनपीएलको फ्रेन्चाइज दाबी गरेका ४ वटा कम्पनी बिडिङमा गएनन्
नेपाल प्रेस
२०८१ भदौ २० गते १७:२५
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज खरिदका लागि भएको बिडिङमा आवेदकमध्ये ४ वटा कम्पनी सहभागी भएनन् ।
स्रोतका अनुसार १३ वटा कम्पनीमध्ये ८ वटा मात्र बिडिङमा सहभागी भएका छन्। उनीहरू स्वतः छनाेट भए ।
आईएमई, भाटभटेनी, केडिया र रमेश कर्पाेरेसनले बिडिङमा सहभागिता नजनाएको बुझिएको छ ।
नेपाल क्रिकेट संघ–क्यानले आवदेकमध्येबाट सर्टलिष्ट गरेर १३ कम्पनी छनोट गरेको थियो । स्रोतका अनुसार ८ फ्रेन्चाइजका मालिकको टुंगो लागिसकेको छ । क्यानले केहीबेरमा त्यसबारे सार्वजनिक गर्ने बुझिएको छ ।
प्रतिक्रिया
असली मनोवैज्ञानिक यहाँ हैं