बसन्तपुर खेल मैदान स्तरोन्नतिका लागि एन्फाले १ लाख डलर दिने  – Nepal Press

बसन्तपुर खेल मैदान स्तरोन्नतिका लागि एन्फाले १ लाख डलर दिने 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको एक मात्रै अन्तराष्ट्रिय मापदण्ड अनुसारको फुटबल खेल मैदान बसन्तपुर खेल मैदान स्तरोन्नतिका लागि अखिल नेपाल फुटलब संघ(एन्फा) ले १ लाख डलर प्रदान गर्ने भएको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा रहेको बसन्तपुर खेल मैदानको स्तरोन्नतिका लागि एन्फाले यो सहयोग रकम प्रदान गर्न लागेको हो । एन्फाले फुटबल प्रशिक्षण केन्द्र निर्माण र खेल मैदानको स्तरोन्नतिका लागि यो सहयोग प्रदान गर्न लागेको हो ।

सुनकोशी–७ मा रहेको सेती देवी शारदा माविको स्वामित्वमा रहेको बसन्तपुर खेल मैदान स्तरोन्नतिका लागि अखिल नेपाल फुटबल संघ(एन्फा) र विद्यालयबीच समाझदारी पत्रमा हस्ताक्षर भएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र सुनकोशी गाउँपालिका–७ का वडाध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर तिमिल्सिनाबीच खेल मैदान स्तरोन्नतिका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, विद्यालयका प्रधानध्यापक बासुदेव जिसी लगायत एन्फा पदाधिकारीहरुको रोहवरमा खेल मैदान स्तरान्नति गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरी आदन प्रदान भएको थियो ।

अखिल नेपाल फुटबल संघ(एन्फा) लाई फिफा र एफसिबाट नेपालको फुटलब खेल क्षेत्रको विकासका लागि बजेट प्राप्त भएको र सोही बजेटबाट सिन्धुपाल्चोकको बसन्तपुर खेल मैदान स्तरोन्नतिका लागि एक लाख अमेरिकी डलर प्रदान गरिएको एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिए ।

एन्फा र विद्यालयबीच समझदारी भएपछि त्यसको सबै कागजपत्र एफसीमा पठाउने र त्यहाँबाट विज्ञ टोली आएर निरीक्षण गरेपछि स्तरोन्नतिको प्रक्रियामा जाने अध्यक्ष नेम्वाङले जानकारी दिए ।

एन्फाले जिल्ला फुटबल संघ सिन्धुपाल्चोकलाई बजेट पठाएपछि गाउँपालिका र विद्यालयसँग सहमती गरेर फुटबल मैदान स्तरोन्नतिको काम अगाढी बढाइने फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष अमृतमान श्रेष्ठले जानकारी दिए ।

सुनकोशी गाउँपालिका भित्रको खेल मैदान स्तरोन्नतिका लागि एन्फाले गरेको सहयोग प्रति सुनकोशी गाउँपालिका अध्यक्ष तिमिल्सिनाले धन्यवाद दिँदै उक्त मैदान संरक्षणका लागि यस अघि पनि गाउँपालिकाले सहयोग गरेको र आगामी वर्ष पनि गर्दे जाने प्रतिबद्धता व्यक्त गरे ।

एन्फाले दिएको सहयोग सही कामममा सदुपयोग गर्न अध्यक्ष तिमिल्सिनाले आग्रह गरे । १ लाख अमेरिकी डलरको हाल नेपाली रुपैयाँ १ करोड ३४ लाख ३० हजार रहेको छ ।

उक्त बजेट बाट दर्शक बस्ने प्याराफिट, मैदानको केही मिटर लम्बाइ र चौडाइ निर्माण लगायत अन्य भौतिक संरचनाको कामहरु गरिने गरी तयारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम वडाध्यक्ष ईश्वर तिमिल्सिनाले जानकारी दिए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर