एनपीएलका ८ फ्रेन्चाइज फाइनल, को-को हुन् मालिक ? – Nepal Press

एनपीएलका ८ फ्रेन्चाइज फाइनल, को-को हुन् मालिक ?

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलका ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ । काठमाडौं कान्तिपुरले, पोखरालाई पोखरा एभेन्जर्सले पाएको छ भने चितवनलाई  चितवन मेडिकल कलेजले पाएको छ ।

यस्तै लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदुर पश्चिमलाई एम्पायर स्पोर्टसले पाएका छन् ।

एक करोड ५० लाख बेस प्राइस तोकिएको काठमाडौंलाई कान्तिपुर मिडिया ग्रुपले ३ करोड ३३ लाखमा किनेको छ ।

यस्तै, नेपाल टी२० प्रालिले एक करोड ३० लाख रुपैयाँ बेस प्राइस तोकिएको पोखरा ३ करोड ५७ लाखमा लिएको छ ।

चितवन मेडिकल कलेजले एक करोड २० लाख बेस प्राइस तोकिएको चितवनलाई एक करोड ७६ लाखमा खरिद गरेको छ ।

फर्चुना हेल्थ केयरले एक करोड २० लाख बेस प्राइस तोकिएको लुम्बिनी एक करोड ८६ लाखमा लिएको छ ।

एक करोड बेस प्राइस तोकिएको जनकपुर २ करोड ५ लाखमा विक्री भयो । एक एक लाख बेस प्राइस भएका कर्णाली एक करोड ११ लाख र सुदुर पश्चिम एक करोड ६८ लाख ८ हजार ८८ मा विक्री भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *