रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त – Nepal Press

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो ।

लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर स्वैच्छिक अवकाश लिएका थिए । साढे २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट अनिवार्य अवकाश लिएका थिए ।

लामा अहिले मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सदस्य, मदन भण्डारी कलेजको पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख रहेका छन् ।

उनले साढे २ वर्ष अघि रेडियो नेपालमा २५ वर्षे सेवा गरि वरिष्ठ कार्यक्रम अधिकृतबाट सेवा अवकास लिएका थिए ।

लामा संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको उत्पादक, (रेडियो नेपालको बोर्ड सदस्य भइसकेका छन् ।

उनले २३ वर्ष अघि २०५४ सालमा दिपायल प्रसारण केन्द्रबाट उद्घोषकको सेवा सुरु गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर