प्रकाश तामाङको ‘हेर्ने कथा’लाई १२ दिनमा करोड भ्यूज, युट्यूबबाट कति भयो आम्दानी ? – Nepal Press

प्रकाश तामाङको ‘हेर्ने कथा’लाई १२ दिनमा करोड भ्यूज, युट्यूबबाट कति भयो आम्दानी ?

युट्यूब ट्रेन्डिङको शीर्ष स्थान कब्जा, ‘हेर्ने कथा’ को च्यानलमा ४ लाख सब्सक्राइबर थपिए

काठमाडौं । ३५ वर्षदेखि परिवारसँग विछोडिएका प्रकाश तामाङको कथालाई ११ दिनमै युट्यूबमा १ करोडपटक हेरिएको छ । नेपालमा यसप्रकारको डकुमेन्ट्री फिल्मले ८ अंकमा भ्यूज बटुलेको सम्भवत पहिलोपटक हो ।

विद्या चापागाईंको प्रस्तुति र कमल कुमारको लेखन/निर्देशनमा निर्माण भएको एपिसोड गत २४ अगष्टमा अपलोड गरिएको थियो । सुरुको दिनमा औसत भ्यूज पाए पनि दोस्रो दिनबाट फेसबुकमा भाइरल भएपछि भ्यूज ह्वात्तै बढेको हो । धेरैले यो एपिसोड हेरेर रोएको भन्दै स्टाटस लेखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भिडिओ शेयर गरेका थिए ।

भिडिओ एक वर्ष अगाडि नै सुटिङ भइसकेर अहिले सार्वजनिक गरिएको हो । यतिका समयसम्म यसलाई अपलोड नगरिकन राखिएको विषयमा निर्माण पक्षले केही बताएको छैन । हेर्ने कथाले प्रकाशलाई परिवारसँग गत वर्ष नै पुनर्मिलन गराएका थियो । त्यसपछि उनी आफ्नो कर्मभूमिमा नै फर्किएका थिए । पुरानै कामलाई निरन्तरता दिएका थिए ।

भिडिओ युट्यूबमा आइसकेपछि भने प्रकाशको जीवनमा नयाँ मोड आएको छ । उनी भाइरलम्यानमा परिणत भएका छन् । उनलाई सहयोग गर्न खोज्नेहरुको तँछाडमछाड छ । केही युवतीहरु प्रकाशसँग विहे गर्छु भन्दै भाइरल हुने प्रयासमा छन् ।

यता हेर्ने कथालाई पनि निकै ठूलो माइलेज प्राप्त भएको छ । यो भिडिओ आउनुभन्दा अगाडि हेर्ने कथाको युट्यूब च्यानलमा १० लाख सब्स्क्राइबर्स थिए । ११ दिनभित्रमा ४ लाखभन्दा बढी सब्सक्राइबर्स थपिएका छन् । भ्यूजको रफ्तार अझै पनि जारी रहेको हुँदा सब्स्क्राइबर्सको ग्राफ अझै माथि उक्लिन सक्ने देखिन्छ । अहिले दैनिक औसत १० हजार सब्स्क्राइबर थपिइरहेका छन् ।

कार्यक्रमबाट निर्मातालाई आर्थिकरुपमा फलिफाप भएको छ । मोनिटाइज भएका च्यानललाई यूट्यूबले भ्यूजका आधारमा डलर भुक्तानी गर्छ । यो आम्दानीमा विभिन्न तत्वहरुले प्रभाव पार्छन् । लामो भिडिओहरु यदि दर्शकले पूरै हेरे भने त्यसको मोनिटाइजेसन पनि राम्रो हुन्छ । कुन देशबाट कति हेरियो भन्नेले धेरै फरक पर्छ ।  । प्रकाशको एपिसोड एक घन्टा १० मिनेट लामो छ । दर्शक अन्त्यसम्म नै अडिएका छन् । त्यसैले यसले आकर्षक आम्दानी दिने निश्चित भएको हो ।

युट्यूबमा राखिएको भिडिओबाट हुनसक्ने आम्दानीको आँकलन गर्ने विभिन्न वेवसाइटहरु छन् । ती वेवसाइटहरुबाट हेर्दा हेर्ने कथाको यो एपिसोडले अहिलेसम्म अनुमानित २० हजार डलर (करिब २७ लाख रुपैयाँ) आम्दानी गरेकाे देखिन्छ । आम्दानीको सिलसिला भ्यूज आउञ्जेलसम्म चलिरहन्छ ।

यो एपिसोड अहिले पनि युट्यूवको नेपाल ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ । अझै धेरै दिनसम्म भिडिओले राम्रो भ्यूज पाइरहने देखिन्छ ।


प्रतिक्रिया

2 thoughts on “प्रकाश तामाङको ‘हेर्ने कथा’लाई १२ दिनमा करोड भ्यूज, युट्यूबबाट कति भयो आम्दानी ?

  1. अरु युटुबे हरुर पतुर्कार भनाउदा हरु जलेर मर्ने भयेअब कसैकाआँखा फुट्ने भय केगर्ने र कशैका स्वाष् पोइला गयको खोज्दा यति भिउज आउदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर