पशुपतिमा तीजको चहलपहल (तस्बिरहरू / भिडिओ)
२०८१ भदौ २१ गते ७:४५
काठमाडौं । हरितालिका तीज पर्व आज भगवान् शिवको पूजा आराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
गएरातिदेखि नै काठमाडौं उपत्यकासहित देशभरि नै सिमसिमे पानी परिरहेको छ । वर्षा भइरहेपनि देशभरका शिवालयमा व्रतालुको भीड छ । हेरौं पशुपतिनाथ मन्दिर परिसरमा हर्षोल्लास र भक्तिभावमा रहेका महिलाको केही तस्बिरहरू :
प्रतिक्रिया
सम्बन्धित खवर