तीजले मौलिक संस्कृति र परम्पराको संरक्षण गरेको छ : प्रदेश प्रमुख मियाँ – Nepal Press

तीजले मौलिक संस्कृति र परम्पराको संरक्षण गरेको छ : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजले मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुर्‍याइरहेको बताएका छन् ।

हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नारीहरूमा शुभकामना सन्देश व्यक्त गर्दै उनले सुख शान्ति, समृद्धि र सु-स्वास्थ्य एवम् दीर्घायु तथा अटल सौभाग्यको पनि कामना गरेका छन् ।

तीजले एकता र सामाजिक सद्भाव बढाइरहेको प्रदेश प्रमुखको भनाइ छ ।

‘धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको हरितालिका तिज पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण संवर्द्धन र विकासमा टेवा पुराउनुको साथै समाजमा भ्रातृत्व ,सदाचार , एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण योगदान पुराएको छ भन्ने मैले विश्वास लिएको छु,’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

देशका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक, एकता तथा पारिवारिक प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै जाने समेत प्रदेश प्रमुख मियाँले विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर