माओवादीले चाहेको दिनमै ओली सरकार ढल्छ : जीवन आचार्य – Nepal Press

माओवादीले चाहेको दिनमै ओली सरकार ढल्छ : जीवन आचार्य

सुनसरी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका सांसद जीवन आचार्यले कांग्रेस-एमालेले सत्ताका लागि गठबन्धन गरे पनि माओवादीले जनतासँग गठबन्धन गर्ने बताएका छन् । अखिल (क्रान्तिकारी) सुनसरीको १४औं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा आचार्यले माओवादीले जनतालाई साथमा लिएर अघि बढ्ने बताएका हुन् ।

‘देश भ्रष्टाचारले दलदल बनाइएको अवस्थामा प्रचण्डको नेतृत्वमा भ्रष्टाचारविरोधी अभियान चलाउँदा भ्रष्टाचारी एकै ठाउँमा आएर सरकार ढाल्ने काम भयो’, उनको जिकिर थियो ।

माओवादी र प्रचण्डले चाहने हो भने ओली सरकार चाहेको दिनमै ढल्ने उनको दाबी छ । तर, अहिले माओवादीलाई सरकार नचाहिएको आचार्यको भनाइ छ ।

आगामी निर्वाचनमा माओवादी एक्लै लड्ने उनले बताए ।


प्रतिक्रिया

4 thoughts on “माओवादीले चाहेको दिनमै ओली सरकार ढल्छ : जीवन आचार्य

  1. बिचरा ! सत्ता नचाहेर पो यस्तो भएको रहेछ ।

  2. यस्तै गफाडि का कारण राजनिती प्रती घृणा बढ्यो यी बेवकुफ हरू अझै पनी जनता लाई आफु जस्तै नेता का झोले सम्झिन्छन कि के हो ?

  3. विना हैसियत ससुराको दयाले यो स्थान पाएका छौ । यसैमा रमाउ । बकबक धेरै नगर ।

  4. सम्झने पानी छ्म्कने 😂 ससुरालीको दयाले सासद भएको, फुइ लाउछौ 😂😂

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर