९ सय गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो – Nepal Press

९ सय गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

हेटौँडा । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो ९०० गोल गर्ने विश्वको पहिलो खेलाडी बनेका छन् ।

माथिल्लो स्तरको खेलमा ९०० औँ गोल गर्ने दुर्लभ कीर्तिमान उनले गएराति नेसन्स लिगमा क्रोएसियालाई हराउँदा गरेको गोलपछि सम्भव भएको हो ।

क्रोएसियामाथि २-१ को जित दर्ता गर्दा रोनाल्डोले व्यक्तिगत १ गोल गरेका थिए ।

रोनाल्डोले ९ सय गोलको कीर्तिमानका लागि स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १ सय ४५, रियल म्याड्रिडबाट ४ सय ५० , युभेन्टसबाट १ सय १ र अहिले साउदी अरबको अल नासरबाट ६८ गोल गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *