बदलिँदो तीजः उच्छृंखलतालाई आधुनिकताको लेप
आजभोलि सामाजिक सञ्जाल खोल्नुस् अथवा युट्युव । न्यूजफिड र ब्राउजरमा जताततै श्रृंगारले भरिएका, गहना (सुन) ले झपक्क बलेका, राता सारी, ओठमा लाली, मुहारमा क्रिम पाउडर लगाएका संगीतका विभिन्न भाका र लयमा तीजका गीतहरूले भरिभराउ पाउनु हुन्छ । ती गीत संगीतका, लय, भाका, सांगीतिक प्रस्तुति र श्रव्यदृष्य केही नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिने खालका छन् । केही भने उच्छृंखल र यौनिक दृश्टिकोणबाट उद्देलित देखिन्छन् । यी सबै परिदृश्य हाम्रो सामाजिक मनोभावनाका प्रतीक हुन भन्न सकिन्छ ।
प्रत्येक गाउँमा तीज आउनुभन्दा महिनौअघि देखि दर खाने, शुभकामना आदानप्रदान गर्ने कार्यक्रमहरू विभिन्न राजनीतिक दल, जनसंगठन र सामाजिक संगठनहरूले आयोजना गर्ने प्रचलनकै रूपमा एउटा संस्कार विकास भएको छ । यीनै गतिविधिमाझ तीजको ऐतिहासिक महत्व, धार्मिक औचित्य र अहिले तीज मनाउने तौर तरिकामा विभिन्नखाले (सकारात्मक वा नकारात्मक) टिकाटिप्पणी भइरहेका छन् । तीज मनाउने अहिले तौरतरिका कति आधुनिक, कति भड्काव र उच्छृंखल छ यो आलेखमा विश्लेषण गरिने छ ।
धार्मिक सांस्कृतिक महत्व र नेपाली समाज
देवी पार्वतीले मन पराएका शीवजी (महादेव) प्राप्त गर्न सात जन्मसँग तपस्या गरेका कारण आठौं जन्ममा महादेवलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक मान्यताका आधारमा अविवाहित कन्याले महादेवजस्तो वर प्राप्तीका लागि व्रत गर्ने र विवाहित नारीले पतिको दीर्घायू र सातौं जन्मसम्म साथका लागि निराहार, निर्जल व्रत राखेमा पतिको दीर्घायू हुने र सात जन्म सोही व्यक्ति पतिको रूपमा रहने धार्मिक विश्वास रही आएको छ ।
भाद्रशुक्ल तृतीयाका दिनमा हस्त नक्षत्र र सोमबार परेमा तीजको विशेष महत्व बढ्छ भन्ने विश्वास देखिन्छ । यी तीन चिज (भाद्रशुक्ल तृतीया, हस्त नक्षेत्र र सोमबार) तीन चिजबाट उत्पत्ति भएका कारण संस्कृतमा त्रीज अपभ्रंश भएर तीज भएको हो । यी तीन चिजको संयोग परेको बेला व्रत उपवास गर्नाले थौरै परिश्रमले धेरै फल प्राप्त गर्न सकिने शिवगौरी सम्वादमा उल्लेख गरिएको पाइन्छ । यतिमात्र नभइ यस समयमा उपासना र आराधना गर्नाले सम्पूर्ण पापराशीहरूबाट मुक्ति प्राप्त गर्ने हुनाले यस समयको व्रतलाई उत्तम कोटीको व्रत हुने पनि व्याख्या गरिएको छ ।
विश्व भूमण्डलीकरणको प्रभाव यति धैरै परेको छ की सहर बजारमा विवाह गर्नेहरूको भन्दा लिभिङ टुगेदरमा बस्नेहरूको संख्या बढी देखिन्छ । पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटनाहरूको संख्या तीब्र रूपमा बढ्ने देशहरूको लिष्टमा नेपाल परेको छ । यस्तो अवस्थामा जुनीजुनीसम्मका लागि महिलाहरू पुरूषमा समर्पित हुने कुरा कल्पना पनि गर्न सकिदैन ।
धार्मिक आस्थाका हिसाबले भन्ने हो भने तीज कसरी मनाउने भन्ने प्रक्रिया र पद्दति पनि स्पष्ट व्याख्या गरिएको छ । यो पर्वमा अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । वैज्ञानिक दृष्टिकोणले हेर्दा अपमार्जन लेपनले छालामा हुने एलर्जी हटाउँछ ।
पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ । तीजमा प्रयोग हुने विभिन्न किसिमका विरत तथा आभूषण पनि धार्मिक महत्व रहेको देखिन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो ।
सामाजिक सांस्कृतिक महत्व
समाजशास्त्रीय दष्टिकोणबाट हेर्दा तीजले इष्टमित्रको सम्बन्धलाई जोड्न खोजेको देखिन्छ । प्रेम विवाहको संस्कार नभएको हिन्दू समाजमा कन्नेकेटीलाई नै दुई परिवारको आपसी समझदारीमा सानो उमेरमा नै विवाह गरिदिने चलन थियो । कन्यादानलाई हिन्दू परम्परामा विशेष सम्मान र गौरवका साथ लिइएको पाइन्छ । त्यस बेलाको समाज व्यवस्थामा सानो उमेरमा नै विवाह गरेर पराइ घर गएकी छोरी चेलीलाई माइतीबाट दाजुभाइ गएर बोलाएर ल्याउने विषय चाहिँ छोरीचेलीलाई उसको घरमा कस्तो व्यवहार गर्छन् भन्ने विषेश निगरानीका लागि पनि पठाएको हो कि भन्ने विश्लेषण गर्न सकिन्छ ।
विवाह गरेर गएको पहिलो वर्ष तीजमा माइतीले छोरी चेली भेट्न जादा विभिन्न किसिमका कोशेली लिएर जानुपर्ने कुरा पनि उल्लेख गरेको पाइन्छ । ११ किसिमका खानाका परिकार बनाएर लैजाने कुरा पनि छोरीलाई ११ किसिमकै खानाका परिकार बनाउन सिकाउने विषय हुन सक्छ । सानो उमेरमा नै विवाह गरेर दिने प्रचलनका कारण पाक कलामा भएको अपूर्णतालाई निपूर्ण गराउन ती ११ परिकार पकाएर दिने प्रचलन रहेको मान्न सकिन्छ । साधारणतया कन्यादान गरिसकेपछि कन्याको दायित्व माइती पक्षबाट पाइली पक्षलाई हस्तान्तरण हुने धार्मिक विश्वास रहेको भए पनि यस पर्वले माइती पक्षलाई बलियो रूपमा घर पक्ष र छोरीलाई माइतीसँग जोडेको देखिन्छ ।
आजका महिलाहरू महाभारत, रामायण, स्वस्थानी व्रतकथा पढेका छैनन् । बरू एमिली डिकिंसन, भर्जिनिया वल्फ, जेन अस्टिनका क्रान्तिकारी वा अझ भनौ उग्र नारीवादी साहित्यहरू पढेर हुर्किएका छन् । अहिलेको समाज व्यवस्था नारी दासी र श्रीमान शिरका स्वामी भन्ने कुरा र नारीको जन्मको औचित्य पुरूषहरूमा समर्पित हुनु हो भन्ने कुरा पढाउन र बुझाउन सकिँदैन र त्यस्तो गर्नु पनि हुँदैन । अहिले सबैका लागि अभिव्यक्ति स्वतन्त्रताका थुप्रै माध्यमहरू उपलब्ध छन् ।
स्वाभाविक रूपमा माइतीभन्दा घर छोरीका लागि फरक र नयाँ अवश्य हुन्छ । घेरै खालका सांस्कृतिक तथा परम्परागत भिन्नताहरू बुहारीका रूपमा घर भित्रिएका छोरीहरूलाई चुनौतीको पहाड हुने नै भयो । त्यो पुरातन समाजिक चिन्तन बोकेको नेपाली समाजमा ती चुनौतीहरूको सामना गर्दै परिवारको सम्पूर्ण दायित्व बोक्ने विषय त्यति सहज र सरल हुने कुरा नै भएन । नयाँ परिवेश र असहज परिस्थितिमा छोरीले माइती सम्झिनु र त्यसको न्यस्रो लाग्नु स्वाभाविक विषय नै हुने भयो । त्यस कारण त्यस्तो परिवेशका गीत संगितहरू पनि स्वभाविक रूपमा पीडा र रोदन बोक्ने, दु:ख पीडाको अभिव्यक्ति हुनु स्वभाविक नै हुने भयो । नेपाली समाज कृषि प्रदान देश भएकाले कृषिमा नै जीवन निर्भर भएको त्यो दायित्व मूलत: बुहारीको हुने भएकाले कति पीडायुक्त जीवन महिलाहरूले व्यतीत गर्नुपर्थ्यो त्यो अवस्था अहिले छैन । माइती र बाल्यकालको रमाइलो सम्झिएर रूनुभन्दा अर्को विकल्प महिलामा थिएन तत्कालिन नेपाली समाजको ।
अहिले तीज आधुनिक कि असभ्य ?
धार्मिक, सांस्कृतिक र सामाजिकरूपमा हेर्दा पछिल्ला केही वर्ष जुनरूपमा तीज मनाइँदै छ । त्यो आधुनिक हो वा असभ्य वा उच्छृंखलता के हो त्यो विश्लेषणको विषय बनेको छ । केहीले यसलाई आधुनिकताको लेप लगाइरहेका छन् भने समाजका केही विश्लेषकहरूले यो तौरतरिका बिल्कुलै असभ्य तथा भड्काव र भड्किलोपनका रूपमा व्याख्या गरिएको पाइन्छ । यसको विष्लेषण गर्दा अहिलेको सामाजिक परिवेश त आजभन्दा ५० वर्ष पहिलेको नेपाल सामाजिक परिवेश, महिलाको जीवनशैली, शिक्षाको अवस्था, वैवाहिक रितिथिति र परम्परा, आम नेपालीको जीवन निर्वाहको आधार तथा शिक्षा प्रणाली र त्यसले समाजमा पारेको प्रभावको विश्लेषण गर्नुपर्छ ।
५० वर्ष पहिलेको सामाजिक परिवेश भनेको जीवन पूर्णरूपमा कृषिमा आधारित थियो र निर्वाहमुखी कृषि प्रणाली नै थियो । संयुक्त पारिवारिक बसाइको त्यो बेला आर्थिक उपार्जनको मूल आधार नै कृषि थियो । परिवारका सबै सदस्यले अनिवार्यरूपमा कृषि नै गर्नु पर्थ्यो । श्रम बढी, उत्पादन कम थियो । कृषिकै उत्पादनमा योगदान गर्ने गरी मल उत्पादनका लागि र पशु चौपाया पालन अर्को आधार थियो ।
स्वाभाविक रूपमा माइतीभन्दा घर छोरीका लागि फरक र नयाँ अवश्य हुन्छ । घेरै खालका सांस्कृतिक तथा परम्परागत भिन्नताहरू बुहारीका रूपमा घर भित्रिएका छोरीहरूलाई चुनौतीको पहाड हुने नै भयो । त्यो पुरातन समाजिक चिन्तन बोकेको नेपाली समाजमा ती चुनौतीहरूको सामना गर्दै परिवारको सम्पूर्ण दायित्व बोक्ने विषय त्यति सहज र सरल हुने कुरा नै भएन ।
यस्तो सामाजिक व्यवस्थामा महिलाको सामाजिक तथा पारिवारिक भूमिका चुलोचौका, पशुचौपाया पालन तथा कृषि नै थियो । शारीरिक श्रम नै जीवन निर्वाहको आधार थियो । त्यो समाजमा महिलाको शिक्षा पहुँच लगभग शून्य नै थियो । शासक वर्गका घरपरिवारका छोरी मान्छेबाहेक अरूको शिक्षामा पहुँच नभएकै कारण जीवन निर्वाहको लागि शारीरिक श्रमभन्दा अर्को विकल्प थिएन । त्यो समयको वैवाहिक परम्परा हेर्ने हो भने मागी विवाहमा आधारित थियो । कन्यालाई बर छान्ने अधिकारसमेत थिएन । त्यस्तो परिस्थितिमा प्रेम विवाह वहिष्कृत जस्तै थियो । वैवाहिक स्वतन्त्र यति धेरै कुण्डित थियो कि अधिकांश महिलाहरूको बाल विवाह नै हुन्थ्यो । रजस्वला हुनुपूर्व नै विवाह गरिदिने चलन थियो ।
श्रुती ज्ञानका रूपमा त्यो पनि ब्राम्हण परिवारमा हो भने महाभारत, रामायण, केही पुराणका अंश, श्रीमद्भागवत, गीता तंथा श्री स्वस्थानी व्रत कथा प्रदान गरिन्थ्यो । समाज पूर्णरूपमा पुरूष प्रधान थियो र महिलालाई पुरूषको अन्ध भक्त बनाउने खालको स्कुलिङ हुन्थ्यो । यी र यस्तै कारणले त्यो बेलाको तीजमा उमंग, जोस, भड्कावभन्दा बढी पीडा र दु:खका बेदना संगीतका माध्यमबाट प्रस्फूटित हुन्थ्यो । त्यो बेला अभिव्यक्तिका माध्यम पनि लगभग शून्य नै थियो । तीज, रत्यौली र छैठहरू मात्र समाजले प्रदान गरेको केही स्वतन्त्र र सामूहिक प्लेटफर्महरू थिए ।
अहिले समाज बदलिएको छ । जीवनशैली बदलिएको छ । सामाजिक सम्बन्धको आधार, विवाह परम्परा बदलिएको छ । शिक्षामा महिलाको पहुँच अप्रत्यासितरूपमा बढेको छ । अहिले महिलाहरू पुरूषमा निर्भर छैनन् । प्रेम विवाह संस्कारका रूपमा विकास भएको छ । महिलाहरू स्वतन्त्र र आत्मनिर्भर छन् । विश्वभूमण्डलीकरणको पनि धेरथोर प्रभाव परेको छ ।
त्यो बेला अभिव्यक्तिका माध्यम पनि लगभग शून्य नै थियो । तीज, रत्यौली र छैठहरू मात्र समाजले प्रदान गरेको केही स्वतन्त्र र सामूहिक प्लेटफर्महरू थिए ।
आजका महिलाहरू महाभारत, रामायण, स्वस्थानी व्रतकथा पढेका छैनन् । बरू एमिली डिकिंसन, भर्जिनिया वल्फ, जेन अस्टिनका क्रान्तिकारी वा अझ भनौ उग्र नारीवादी साहित्यहरू पढेर हुर्किएका छन् । अहिलेको समाज व्यवस्था नारी दासी र श्रीमान शिरका स्वामी भन्ने कुरा र नारीको जन्मको औचित्य पुरूषहरूमा समर्पित हुनु हो भन्ने कुरा पढाउन र बुझाउन सकिँदैन र त्यस्तो गर्नु पनि हुँदैन । अहिले सबैका लागि अभिव्यक्ति स्वतन्त्रताका थुप्रै माध्यमहरू उपलब्ध छन् ।
विश्व भूमण्डलीकरणको प्रभाव यति धैरै परेको छ की सहर बजारमा विवाह गर्नेहरूको भन्दा लिभिङ टुगेदरमा बस्नेहरूको संख्या बढी देखिन्छ । पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटनाहरूको संख्या तीब्र रूपमा बढ्ने देशहरूको लिष्टमा नेपाल परेको छ । यस्तो अवस्थामा जुनीजुनीसम्मका लागि महिलाहरू पुरूषमा समर्पित हुने कुरा कल्पना पनि गर्न सकिदैन । विदेशी पाठ्यक्रमको नेपाली समाजमा पारेको प्रभावले नेपाली समाजलाई पुनर्जागरण गर्न लगभग असम्भव देखिन्छ । वास्तवमै भन्ने हो भने नेपाल सांस्कृतिक हिसाबले हेर्ने हो भने ‘स्टेट अफ आइडेनटिटि क्राइसिस’ बाट गुज्रिरहेको छ ।
अन्तमा तीजको आफ्नै महत्व छ । धार्मिक, सांस्कृतिक र सामाजिकरूपमा तीजका विशेषतालाई कायम गरेर मनाउनतर्फ समाजलाई उन्मुख गर्दा सांस्कृतिक पहिचानका हिसाबले विशिष्टता र मौलिकता जीवित रहन्छ । जुन विशिष्ट राष्ट्रिय पहिचानका आधार पनि बन्न सक्छन् । सामाजिक सद्भाव कायम गरी गरिने भड्किलोपनलाई समाजले स्वीकार गर्न सक्नुपर्छ भने मर्यादाविपरीत गरिने विषयमा कानूनी कारवाही गरिनु पर्छ ।
दरमा दारूको प्रवेश, महिनौसम्म दरका भोज भतेर र नाचगान, गरगहनाको अस्वस्थ प्रतिस्पर्धा त्यसले समाजको तल्लो तप्कालाई सृजना गर्ने दबाब र ‘लो सेल्फ स्टिम’ र गीत संगीतमा श्रृंगारिक रसको प्रयोग र गीतहरूका भिडिओमा गरिने अंग प्रदर्शन नेपालको विशिष्ट सांस्कृतिक पहिचानका बाधक तत्व हुन् !