बागलुङको बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो – Nepal Press

बागलुङको बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

ढोरपाटन (बागलुङ) । बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका-४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव भेटिएको छ । योसँगै बाढीबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी प्रताप पौडेलले जानकारी दिए । बिहीबार राति १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध. २ प ८०१० नम्बरको मोटरसाइकल र ध. १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो ।

मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव राति नै घटनास्थलदेखि दुई सय मिटर तलबाट निकालेर धौलागिरी अस्पतालमा लगिएको पौडेलले बताए ।

आज बिहान फेला परेका सापकोटाको शव पनि पोस्टमार्टमका लागि धौलागिरी अस्पताल ल्याइएको उनले बताए ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर