निर्माताले आफूलाई ‘ह्यारेसमेन्ट’ गरेको नाजिरको दाबी, भन्छन्- कुरा गर्दागर्दै तिघ्रामा छोए – Nepal Press

निर्माताले आफूलाई ‘ह्यारेसमेन्ट’ गरेको नाजिरको दाबी, भन्छन्- कुरा गर्दागर्दै तिघ्रामा छोए

काठमाडौं । अभिनेता नाजिर हुसेन आफूमाथि ‘ह्यारेसमेन्ट’ भएको पुरानो घटना सार्वजनिक गर्दै मिडियामा आएका छन् । एक निर्माताले कुराकानीको क्रममा ब्याड टच गरेको उनको आरोप छ ।

विभिन्न युट्यूब च्यानललाई अन्तरवार्ता दिँदै उनले विगतमा आफू ह्यारेसमेन्टमा परेको बताएका हुन् । नाजिरका अनुसार फिल्मको विषयमा कुराकानी गरिरहँदा निर्माताले उनलाई तिघ्रामा समाएका थिए । ती निर्माताको पहिचान उनले खुलाएनन् ।

नाजिरले सुनाएको घटना यस्तो छ:

एकजना मेल प्रोड्यूसर हुनुहुन्छ । अगाडि एक दुईवटा फिल्म बनाउनुभएको रहेछ । हामी एउटा क्याफेमा बसेर स्क्रिप्ट पढ्ने कुरा गरिरहेका थियौँ । हामीले यसरी फिल्म बनाउँदैछौं भन्नुभयो । अलि लेट आउनुभएको थियो । ठ्याक्कै मेरो छेउमा बस्नुभयो । गर्नुपर्छ है मेरो फिल्म भनेर मेरो तिघ्रामा छुनुभयो । त्यो छुवाइ ठिक थिएन । जुन तरिकाले उहाँले मलाई टच गर्नुभयो, मलाई त मन परेन । त्यो बेलामा म पावरफुल थिएँ । मैले तात्तातो कफी उहाँको मुखमा फाल्न रेडी थिएँ । अर्को साथी हुनुहुन्थ्यो । उहाँलाई थाहा छ । उहाँले मलाई कफी फ्याँक्नलाई रोक्नुभयो । म एकदम रिसाएँ । तपाईँले जानेर छुनुभयो कि नजानेर छुनुभयो, जुन हिसाबले मेरो तिघ्रामा छुनुभयो यो छुवाइ मलाई मन परेन । तपाईँले एक करोड दिए पनि यो फिल्म गर्दिनँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर