गैँडाको आक्रमणबाट पर्यटकलाई बचाउन खोज्दा गाइडले गुमाए ज्यान, विदेशीसहित २ घाइते – Nepal Press

गैँडाको आक्रमणबाट पर्यटकलाई बचाउन खोज्दा गाइडले गुमाए ज्यान, विदेशीसहित २ घाइते

रुपन्देही । बर्दियामा पर्यटक घुमाउन लगेका एक गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

सामुदायिक वनको अवलोकन गर्ने क्रममा विदेशी पर्यटकलाई गैँडालाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

स्थानीय परशुराम चौधरीका अनुसार बच्चासहितको गैँडासँग जम्काभेट हुँदा उनीहरू आक्रमणमा परेका थिए ।

विदेशी पर्यटकलाई जोगाउन खोज्दा चौधरीको मृत्यु भएको हो ।

गैँडाले आक्रमण गर्दा विदेशी पर्यटकलाई बचाउन खोज्दा पथ प्रदर्शक ठाकुरद्वारा नगरपालिका–९ का ३५ वर्षीय मनमोहन चौधरीको घटनास्थलमा मृत्यु भएको प्रहरी उपरीक्षक प्रवीण धितालले जनाएका छन् ।

यसै गरी गैँडाको आक्रमणमा अमेरिकन पर्यटक एमसी सावन र उक्त वनको चौकीदार खिन्चु थारु घाइते भएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई ठाकुरबाबास्थित नगर अस्पतालमा उपचारका लागि पठाइएको छ । चौधरीको अवस्था सामान्य भए पनि अमेरिकन पर्यटकलाई गम्भीर चोट लागेको छ ।

शुक्रवार बिहान ८ बजेतिर सो घटना भए पनि प्रहरी, निकुञ्ज प्रशासनको प्रक्रिया मिलाउँदा सूचनामा ढिलाइ भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर