टिकटक खुलाउन दूरसञ्चार प्राधिकरणको औपचारिक निर्देशन – Nepal Press

टिकटक खुलाउन दूरसञ्चार प्राधिकरणको औपचारिक निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक प्रयोगमा लगाइएको प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।

भदौ ६ गतेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । त्यही निर्णयको कार्यान्वयनका लागि प्राधिकारणले सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन जारी गरेको हो ।

‘टिकटमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’, प्राधिकरणको अनुगमन महाशाखाद्वारा जारी निर्देशनमा भनिएको छ ।

यस्तो छ निर्देशनः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर