व्वाइफ्रेन्ड लिएर हलमा पूजा, ‘रावायण’ हेरेपछि युद्धले के भने ? – Nepal Press

व्वाइफ्रेन्ड लिएर हलमा पूजा, ‘रावायण’ हेरेपछि युद्धले के भने ?

काठमाडौं । पूजा शर्माले निर्माण गरेको महत्वाकांक्षी फिल्म ‘रावायण’ आजबाट प्रदर्शनमा आएको छ । पहिलो दिन दर्शकको फ्लो अपेक्षित देखिएको छैन ।

पूजा र पल दुवै बिहानीको शोमा हल भिजिट गर्न गएका थिए । पूजाले आफ्नो प्रेमी युद्ध बानियाँ र आमालाई पनि लिएर हिँडेकी थिइन् ।

सञ्चारकर्मीसित कुरा गर्दै पूजाले फिल्म धमाकेदार बनेको भन्दै खुशी व्यक्त गरिन् । पलले पनि आफू सन्तुष्ट रहेको बताए ।

मिडियाका क्यामराको मुख्य फोसकमा परेका थिए- पूजाका प्रेमी युद्ध । उनले पनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिए ।

बानियाँले भने, ‘आफ्नो मान्छे सिनमा भएपछि सिरियस भएर हेरिन्छ । मलाई फिल्म मन पर्यो । सबैले गर्नुभएको क्यारेक्टर बेस्ट छ । हजुरहरुले जस्तो खोज्नुभएको हो, त्यस्तो मुभी हामीले ल्याएका छाैं ।’

उनलाई पल र पूजाको रोमान्स कस्तो लाग्यो भनेर पनि सोधिएको थियो ।

बानियाले जवाफ दिए, ‘उहाँहरुको स्क्रिन कपल जनताले सँधै मन पराउनुभएको छ । मलाई पनि एकदम मनपर्यो ।’

पूजासँग कहिले बिहे गर्ने भन्ने प्रश्नमा उनले भने, ‘विवाह विस्तारै हुन्छ । कुनै बेला न्यूज आउँछ । म हजुरहरुलाई म भन्छु ।’

पूजाकी आमाले यसै वर्षभित्र छोरीको विवाह गर्ने प्रयासमा रहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर