गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई – Nepal Press

गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई

काठमाडौं । गृह सचिवको जिम्मेवारी गोकर्णमणी दुवाडीलाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत प्रमुख तथ्यांक अधिकारी दुवाडीलाई गृह सचिवको जिम्मेवारी दिएको हो ।

गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएपछि गृह सचिवको पद रिक्त भएको थियो । गृह सचिवको जिम्मेवारी पाएका दुवाडी राष्ट्रिय तथ्यांक कार्यालय भन्दा अघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव थिए भने त्यस भन्दा अघि निर्वाचन आयोगको सचिव थिए । निर्वाचन आयोगमा अघि प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारीमा थिए ।

सहसचिवबाट सचिवमा बढुवा भएसकेपछि दुवाडीको पदस्थापन मधेश प्रदेशको प्रमुख सचिवमा भएको थियो । २०७७ मंसिर २९ देखि २०७८ भदौ १ सम्म उनले मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर