किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा रेस्टुरेन्ट सञ्चालकहरु पक्राउ – Nepal Press

किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा रेस्टुरेन्ट सञ्चालकहरु पक्राउ

काठमाडौं । किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा ललितपुरको सातदोबाटोस्थित न्यू नमस्ते रेस्टुरेन्टका सञ्चालकहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३३ वर्षीय राजीव लामा र २५ वर्षीय शर्मिला कटुवाल रहेका छन् । उनीहरुलाई रेस्टुरेन्टका ग्राहकसँग पैसा लिएर किशोरीहरुलाई वेश्यावृत्तिमा लगाउने गरेको आरोप लागेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार उनीहरुले ग्राहकसँग एक हजारदेखि ५ हजार रुपैयाँसम्म लिएर किशोरीहरुलाई ५०० रुपैयाँ दिने गरेका थिए ।

ब्युरोले रेस्टुरेन्टबाट प्रयोग भइसकेका र प्रयोग नभएका कन्डमहरु पनि बरामद भएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर