राप्रपा र नेपाली कांग्रेस (बीपी)का प्रतिनिधिमण्डलबीच भेटवार्ता, दह्रो राष्ट्रवादी शक्ति बनाउनेबारे छलफल – Nepal Press

राप्रपा र नेपाली कांग्रेस (बीपी)का प्रतिनिधिमण्डलबीच भेटवार्ता, दह्रो राष्ट्रवादी शक्ति बनाउनेबारे छलफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली कांग्रेस (बीपी) का अध्यक्ष सुशीलमान शेरचन नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

देशको दीर्घकालीन हित, दिगो शान्ति र स्थिरताका लागि राजसंस्थाको अपरिहार्यताका बारेमा बृहत कुराकानी भएको उनको भनाइ छ ।

उनले भने, ‘विचार मिल्नेहरु एक ठाउँमा उभिएर दह्रो राष्ट्रवादी शक्ति बनाउनुपर्ने विषयमा घनीभूत छलफल भएको छ । देशको दीर्घकालीन हित, दिगो शान्ति र स्थिरताका लागि राजसंस्थाको अपरिहार्यताका बारेमा पनि छलफल भएको छ ।’

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेस बीपीका महामन्त्री देवेन्द्र पौडेल र हेमन्त मल्ल, नेताहरु पूर्वमन्त्री झलकनाथ वाग्ले, जगन्नाथ घिमिरे, टिकेन्द्र कार्कीलगायत थिए । राप्रपाबाट प्रवक्ता गोपाल दाहाल सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर