मिस प्लानेट इन्टरनेसनलमा अनिशा पराजुलीले नेपालको प्रतिनिधित्व गर्ने – Nepal Press

मिस प्लानेट इन्टरनेसनलमा अनिशा पराजुलीले नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं । मिस प्लानेट इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व अनिशा पराजुलीले गर्ने भएकी छन् ।

कम्बोडियामा हुने ब्युटी पिजेन्टमा पराजुली सहभागी हुने भएकी हुन् । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि उनी १८ नोभेम्बरमा कम्बोडिया उड्नेछिन् ।

‘दिगो विकास सँंगसँगै मेन्टल हेल्थ अवरनेस’ को थिममा आयोजना हुन लागेको उक्त प्रतियोगितामा पराजुलीलाई बलियो दाबेदार मानिएको छ । वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिशा पेशाले मनोचिकित्सक नर्स हुन् ।

अनिशा केही अगाडि काठमाडौंमा सम्पन्न नर्सहरू सहभागी रहेको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को फस्टरनर अपसमेत हुन् । यसैकारण उनले मिस प्लानेट २०२४’मा सहभागी हुने अवसर पाएकी हुन् ।

उनी यतिबेला प्रतियोगिताको विभिन्न प्रशिक्षणमा छिन् । प्रतियोगितामा उनले बुद्धको थिममा ‘नेसनल कस्ट्युम’ पहिरिने बताइएको छ । नेपालको नाम विश्वमा चिनाउने यो एउटा अवसर भएकोले त्यो अवसरको भरपूर फाइदा उठाउने पराजुलीको भनाइ छ ।

पृथ्वी र मानवताको रक्षाका लागि संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकास लक्ष्य पूरा गर्न टेवा पुर्‍याउन मिस प्लानेट इन्टरनेसनलका गतिविधिहरु केन्द्रित हुन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर