सिरहामा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना: एकको मृत्यु, चालकसहित दुई घाइते – Nepal Press

सिरहामा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना: एकको मृत्यु, चालकसहित दुई घाइते

जनकपुरधाम । हुलाकी सडकअन्तर्गत सिरहाको औरही गाउँपालिका‌- ४ मा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार युवकको मृत्यु भएको छ ।

सिरहा नगरपालिका- १८ का १७ वर्षीय मनिष यादवको मृत्यु भएको हो । उनी दुर्घटनामा परेको बीआर ३२एम ३०१२ नम्बरको मोटरसाइकलमा सवार थिए ।

मोटरसाइकल चालक सिरहा नगरपालिका- १८ कै २२ वर्षीय रवीन्द्र यादव घाइते भएका छन् । प्रहरीका अनुसार सिरहा बजारतर्फ गइरहेको उक्त मोटरसाइकलले साइकल चढेर घरतर्फ गइरहेका औरही गाउँपालिका‌- ४ का १० वर्षीय सुरज ठाकुरलाई ठक्कर दिएको थियो । त्यसपछि मोटरसाइकल सडक छेउको पिलरमा ठोक्किएको थियो ।

पिलरमा ठोक्किएर मोटरसाइकल लडेपछि मनिष र रवीन्द्र घाइते भएका थिए । मनिषलाई उपचारका लागि अस्पताल लग्दा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।

साइकल चालक बालक पनि घाइते भएका छन् । उनको दाहिने हात भाँचिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक र बालकको उपचार सिरहा प्रादेशिक अस्पतालमा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर