प्रकाश सपुतको जातीय विभेदविरुद्धको चलचित्र ‘बसन्त’को पोस्टर सार्वजनिक – Nepal Press

प्रकाश सपुतको जातीय विभेदविरुद्धको चलचित्र ‘बसन्त’को पोस्टर सार्वजनिक

काठमाडौं । सर्जक एवम गायक प्रकाश सपुतको चलचित्र ‘बसन्त’को पोष्टर सार्वजनिक भएको छ । सपतुले हरितालिका तीजको अवसर पारेर सामाजिक सञ्जाल फेसबुकमार्फत पोष्टर सार्वजनिक गरेका हुन् ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतती प्रकाश सपुतको चलचित्र बसन्तमा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली रहेका छन् भने कथा, संगीत एवम निर्देशन प्रकाश सपुतकै रहेको छ । यस्तै मुख्य सह निर्देशकको भूमिकामा सपुतकै भाई सुनिल विक रहेका छन् ।

आगामी चैत २२ गते अर्थात चैते दशैको दिन प्रदर्शन हुने चलचित्रमा कलाकार स्वतिमा खड्काले शान्ति शर्मा, प्रभात पाल ठकुरीले प्रेमआर क्षेत्री, खड्गबहादुर पुन (खबपु)ले सत्यबहादुर मगर, प्रकाश सपतुले बसन्त विक र शिभान्सी श्रीले सपना विकको भूमिका रहेको छ ।

सपतुले सामाजिक सञ्जाल फेसबुकमार्फत नै आफुलाई सफलताको लागि शुभकामना दिन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘लौ हामी हिडियो है त । चैत्र २२ गते तपाईसम्म पुग्नु छ । सजिलो छैन, किनकि यसपालि भारी अलि ठुलो छ । ल राम्रै आईपुग्नु भनेर शुभकामना , शुभआशिष दिनुस न है । भेटम्ला, कोसेली फुकाम्ला, गुन तिरम्ला । केछ र जिन्दगी ।’

उनले लेखेका छन् , ‘म जन्मदै समाजमा तह थियो । सबैभन्दा माथील्लो तहमा शान्ती शर्मा, त्यसपछि प्रेम आर क्षेत्री अनि बिचमा सत्य बहादुर मगर र सबैभन्दा तल पिधमा बसन्त बिक, सपना बिक, र पनि हामी बाच्यौ, उहि दुखसुख, उहि उकाली ओराली, उहि मेलापात, उहि स्कुल घर, उहि जन्ति मलामी, उहि बैश उमेर, उहि गित नाच, उहि युद्द आन्दोलन । लगभग सबै उस्तै परिस्थितिमा, उस्तै गरि बाच्यौ । समाज प्रेमील थियो, गुणी थियो । तर एउटा विभेदको पर्खाल ले हामीलाई अलग राखि रहयो । एउटा गहिरो अपमान बोध गराईरहयो । हामी एउटै समाजमा भए पनि एउटै रेखामा हुन पाएनौ । तर यो पर्खालले बसन्त बिकलाई मात्रै होईन, शान्ती शर्मालाई पनि अफ्ठ्यारो बनाईरहयो । सपना बिकलाई मात्रै होईन, प्रेम आर क्षेत्रीलाई पनि प्रेम गर्न छेकिरहयो । चलचित्र बसन्त ले यिनै अफ्ठेरो भन्ने छ । हाम्रो समाजको यिनै गुण अवगुणलाई सिनेम्याटिक अनुभव सहित देखाउने छ । जिवनका न्युनतम सिद्दान्त प्रेम, शान्ति, सपना र सत्यलाई बसन्तले बुन्ने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर