बालेनप्रति कांग्रेसद्धारा खेद व्यक्त, एकलौटी सूचना जारी गरेर महानगरवासीलाई आतंकित बनाएको आरोप – Nepal Press

बालेनप्रति कांग्रेसद्धारा खेद व्यक्त, एकलौटी सूचना जारी गरेर महानगरवासीलाई आतंकित बनाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले एकलौटी सूचना जारी गरेर महानगरबासीलाई आतंकित बनाएको आरोप लगाएको छ ।

कांग्रेसको काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्य र नेतृ सिर्जना सिंहले विज्ञप्ति जारी गर्दै मेयर बालेनले कार्यपालिका बैठक वा कार्यपालिका सदस्यहरुसँग छलफल नै नगरी एकल निर्णयबाट सूचना प्रकाशित गराएको भन्दै खेद प्रकट गरेका हुन् ।

काठमाडौं महानगर प्रमुखको नेतृत्वमा गरिएको कामहरुले नागरिकको हित र आवश्यकतालाई प्राथमिकता नदिएको उनीहरुे कांग्रेस महानगर समितिले ठहर गरेको छ ।

महानगरबासीको हकतिको संरक्षणका लागि यसको समस्या समाधानका लागि राज्यका तीनै अंगमा ज्ञापनसहित अनुरोध गर्ने पनि समितिले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतले नदीनालाको २० मिटर भाग छोड्नुपर्ने आदेश गरेपछि मेयर बालेनले सूचना जारी गराएका थिए । त्यस विषयमा छलफल गर्न सरकारले कार्यदल पनि गठन गरिसकेको छ ।

 


प्रतिक्रिया

4 thoughts on “बालेनप्रति कांग्रेसद्धारा खेद व्यक्त, एकलौटी सूचना जारी गरेर महानगरवासीलाई आतंकित बनाएको आरोप

  1. तैपनि बालेले काँग्रेसप्रति फेसबुकमा केही लेख्दैन । अहिले ओलि या एमालेले भनेको भए अघि नै फेसबुक भरिसक्थ्यो । त्यसैले त यो मान्छे कसैको ईशारामा चलेको हुनुपर्छ ।

    1. कालो काङ्ग्रेस , भ्रष्ट एमाले , हत्यारा माओवादी र दलाल मधिसे पार्टी बाट नेपाललाई मुक्त पारौं 🙏

  2. बालेन साह को गतिविधि हेर्दा गणतन्त्र विरोधी लगायत विभिन्न शक्तिकेन्द्र बाट परिचालित एमाले नेता कार्याकर्ता विरोधी हुन कि जस्तो देखिन्छ
    नया भौमानका गतिविधिको विरोध गर्दा देशभित्रै का एमाले विरोधी शक्ति पनि एमाले विरोधमा उनको पक्षमा देखिँदा रहेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर