सौर्य एयर दुर्घटनाको छानबिन प्रतिवेदन : टेक अफ रोटेसन नियमभन्दा झण्डै तीन गुणा धेरै – Nepal Press

सौर्य एयर दुर्घटनाको छानबिन प्रतिवेदन : टेक अफ रोटेसन नियमभन्दा झण्डै तीन गुणा धेरै

काठमाडौं । गत साउन ९ गते भएको सौर्य एयरलाइन्सको दुर्घटनाको छानबिन गर्ने सरकारी आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । दुर्घटनामा १९ जनाको ज्यान गएको थियो । जसमा १६ जना यात्रु थिए जसमा एक बालक थिए भने तीनजना चालक दलका सदस्य थिए ।

रतिस चन्द्र लाल सुमनको संयोजकत्वमा बनेको पाँच सदस्य छानबिन समितिले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार ३४ दिनसम्म ग्राउण्डेड भएको जहाज उडानको एक दिन अगाडि मात्रै आन्तरिक पार्किङ वेमा राखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दुर्घटना हुनु अगाडि जहाजको तौल ६०० किलोको लगेजबाहेक १८ हजार १३२ केजी भएको बताइएको छ भने इन्धनको तौल २००० किलो थियो । पाइलटको आराम पाँच दिन चार रात भएको बताइएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार इन्जिनमा कुनै खराबी देखिइएको छैन ।

तर, फ्लाइट डेटा रेकर्डरका अनुसार टेक अफ हुँदाको रोटेसनको गति नियमभन्दा धेरै थियो । औसत टेक अफ रोटेसन प्रति सेकेण्ड तीन डिग्री हुनुपर्नेमा सौर्य एयरलाइन्सको टेक अफ रोटेसन ८.६ डिग्री प्रति सेकेण्ड थियो ।

प्रारम्भिक प्रतिवेदनमा निम्नबमोजिम तीन सुझाव दिइएको छ

१. सबै विमान सेवा संचालकहरुले गति तथा टेकअफ तौललाई समीक्षा गर्नुपर्छ ।

२. सबै सेवा प्रदायकहरुले कार्गो तथा लगेज बन्दोबस्तमा ध्यान दिनुपर्छ । ब्यागेज र कार्गो तौलम नियमअनुसार हुनुपर्छ ।

३. नागरिक उड्ययन प्राधिकरणले नियमति उडान बाहेकका गैर आम्दानीमुलक तथा ‘फेरि फ्लाइट’को पद्धति र आवश्यकताहरुको समिक्षा तथा अद्यावधि गर्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर