राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्यापनको लागि पायो ५० सीटको स्वीकृति – Nepal Press

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्यापनको लागि पायो ५० सीटको स्वीकृति

रूपन्देही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ संचालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष ५० सीट सुनिश्चित गरेको हो ।

५० सीटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने बिद्यार्थीले एमबिबिएस पढ्न पाउनेछन्। प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका लागि ५० सीट सुनिश्चितता भएको जानकारी दिए । प्रतिष्ठानको विकासमा एमबीबीएस पढाई महत्वपूर्ण कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

‘एमबीबीएस पढाइ संचालन गर्ने कुरा धेरै महत्वपूर्ण कुरा हो । दाङसहित सिङ्गो प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा सावित हुनेछझउनले भने । प्रतिष्ठानले करिब ७ बर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बिएससी र बिएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन चालु अवस्थामा रहेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न निर्देशन दिएका थिए ।

एमाले महासचिव शंकर पोख्रेलले एमबिबिएस पठनपाठन संचालन गर्न लिएको पहलकदमीले सफलता पाएको भन्दै खुसी व्यक्त गरेका छन् । महासचिव पोख्रेलकै अगुवाईमा प्रधानमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्री, शिक्षामन्त्री, मन्त्रालयका सचिव र चिकित्साशिक्षा आयोगका उपाध्यक्षसहित पदाधिकारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, रजिस्ट्रार प्राध्यापक श्याम लम्सालसहितको सहभागितामा बैठक बसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर