फ्रान्सको घरमा इटालीको रबाफ – Nepal Press

फ्रान्सको घरमा इटालीको रबाफ

काठमाडौं । युईएफए नेसन्स लिगमा इटालीले फ्रान्सविरुद्ध पुनरागमन जित निकालेको छ ।

गएराती भएको खेलमा फ्रान्सलाई ३-१ ले हराउँदै इटालीले आफ्नो रबाफ प्रस्तुत गरेको हो । फ्रान्सको घरेलु मैदानमा भएको खेलको आधा मिनेट नपुग्दै ब्राडली बारकोलाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको ३० औं मिनेटमा फेड्रीको डिमार्कोले गोल गरेपछि पहिलो हाफमा खेल १–१ को बराबरीमा पुगेको थियो ।
दोश्रो हाफमा पनि फ्रान्सविरुद्ध इटाली पुनः हावी भयो । खेलको ५० औं मिनेटमा फाटेस्टीले गोल गरेपछि इटाली २(१ ले अघि बढ्यो । खेलको

७४ औं मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गरेपछि ३-१ ले खेल इटालीले जित्यो ।

शनिबार रातीनै भएको अर्को खेलमा बेल्जियमले इजरायललाई ३-१ ले हराएको छ । इजारयल युद्दको कारण खेल हङ्गेरीमा विना दर्शकको रंगशालामा खेलाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *