विश्वकप छनोट: ब्राजिलद्वारा इक्वेडर पराजित – Nepal Press

विश्वकप छनोट: ब्राजिलद्वारा इक्वेडर पराजित

काठमाडौं । विश्वकप: २०२६ को छनोट अन्तरगत ब्राजिलले इक्वेडरलाई पराजित गरेको छ ।

शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई १-० ले पराजित गरेको हो । ब्राजिलको जितमा एक मात्र गोल रेड्रीगोले गरे । उनले खेलको ३० औं मिनेटमा गोल गरेका हुन । उनको गोल नै ब्राजिलको जितको गोल बन्यो ।

विश्वकप छनोटको दक्षिण अमेरिकी पोलमा सात खेल खेलेको ब्राजिल चौथो स्थानमा छ । उक्त पोलमा अर्जेन्टिना पहिलो स्थानमा छ भने उरुग्वे र कोलम्बिया दोश्रो र तेश्रो स्थानमा छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *