सबैले आ- आफ्नो स्थानबाट लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन लाग्नुपर्छ: मुख्यमन्त्री कार्की – Nepal Press

सबैले आ- आफ्नो स्थानबाट लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन लाग्नुपर्छ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैले आ आफ्नो स्थानबाट लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् ।

आज निजामति दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबै कर्मचारीहरुले स्वच्छ आचरण र उच्च नैतिकता देखाएर अघि बढ्नुपर्ने धारणा राखे।

सुशासन र विकासमा सबै अग्रसर हुनु पर्ने भन्दै उहाँले निष्ठापूर्वक जनताको सेवामा समर्पित हुन जरुरी रहेको उल्लेख गरे। मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामति कर्मचारीको प्रत्यक्ष तथा परोक्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन आग्रह गरे।

निजामति सेवाको आर्दश र व्यवहारले नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने बताउदै उनले दिवसले निजामति सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिने उल्लेख गरे । निजामति कर्मचारीहरु उच्च नैतिक आचारण र पेशागत मर्यादामार्फत जनताप्रतिको उत्तरदायित्व हुन पर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर