सुर्यविनायकमा ‘गणेश जात्रा’ (तस्बिरहरु) – Nepal Press

सुर्यविनायकमा ‘गणेश जात्रा’ (तस्बिरहरु)

काठमाडौं । भक्तपुरको सुर्यविनायकमा ‘गणेश जात्रा’ मनाइएको छ ।

सुर्यविनायक नगरपालिका–वडा ६ र ८, सुर्यविनायक क्षेत्र प्रवन्ध समिति र सुर्यविनायक युवा क्लव मिलेर ‘गणेश जात्रा’ मनाइएको हो ।

गणेश चतुर्थीको दिन गरिने जात्रामा गणेशको मूर्तिलाई नगर परिक्रमा गराइ विभिन्न गणेश मन्दिर लग्ने र अन्तिममा सुर्यविनायक चोकमा पुगि भोज प्रसाद ग्रहण गरि समापन गरिने छ ।

यो जात्रा सुर्यविनाय मन्दिरबाट सुरु गरिन्छ । साथै गणेश जात्रामा सिन्दुरले रंगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर