यी हुन् निजामती पुरस्कारबाट पुरस्कृत हुने २ सहसचिवसहित ४० जना कर्मचारी (सूचीसहित) – Nepal Press

यी हुन् निजामती पुरस्कारबाट पुरस्कृत हुने २ सहसचिवसहित ४० जना कर्मचारी (सूचीसहित)

काठमाडौं । सरकारले २१औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय भएकोमा २१ औं निजामती सेवा दिवसका अवसरमा शनिबार नामावली सार्वजनिक भएको हो ।

यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जस अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार गर्ने १० जना कर्मचारीमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव (प्राविधिक) रामचन्द्र दंगाल, नेपाल सरकारका सहसचिव एवम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशका सचिव शंकरबहादुर केसी रहेका छन् ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव (कानून) राजुप्रसाद गुरागाईँ, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत उपसचिव चूडाराज न्यौपाने, गृह मन्त्रालयका उपसचिव कृष्ण सापकोटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव चिरञ्जीवी नेपाल रहेका छन् ।

यस्तै नापी कार्यालय खादबारीका सर्वेक्षक आशा राई, कोशी टप्पु बन्यजन्तु आरक्ष कार्यालय सुनसरीमा हात्तिसारमा कार्यरत दरोगा बुनु राना र समशितोष्ण बागवानी केन्द्र मार्फा मुस्तांगमा कार्यरत कार्यालय सहयोगी निलबहादुर पुर्जा मगर रहेका छन् ।

यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीमा मित्र बराल, मोहन राई, शिवप्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ्ग, कफिल अहमद, श्यामकुमार यादव, गंगादत्त भट्ट, सविता नकर्मी र केशवराज पार्धे रहेका छन् ।

त्यस्तै वेदप्रसाद खनाल, प्रेमकुमार पोखरेल, शीतलसिंह उखेडा, कृष्णप्रसाद पौडेल, सुशीला सिंह, शिलुका लिंथेप, उदयप्रकाश लिम्बु, कृष्णबहादुर खत्री, हेमन्ती साउँद र राममाया गुरुङ पनि निजामती सेवा पुरस्कार पाएका छन् ।

यस्तै निजामती पुरस्कार पाउने अन्य कर्मचारीमा डा।पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्रप्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मानबहादुर दराई, जनक महत र टहलबहादुर जिरेल रहेका छन् ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी नभेटेपछि उक्त पुरस्कार वितरण गर्न सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर