लुम्बिनीमा करिब दुई हजार कर्मचारीको भर्ना खोल्ने तयारी छ: मुख्यमन्त्री आचार्य – Nepal Press

लुम्बिनीमा करिब दुई हजार कर्मचारीको भर्ना खोल्ने तयारी छ: मुख्यमन्त्री आचार्य

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा करिब दुई हजार कर्मचारी अभाव रहेको र अब तत्काल लोकसेवाबाट त्यसलाई पूर्ति गरेर कार्यसम्पादनमा सहज बनाउने जनाएका छन् ।

उनले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न निजामती कर्मचारीलाई आह्वान गरे। निजामती सेवा दिवस २०८१ अवसरमा जिल्ला प्रशासन कार्यालयले शनिवार अर्घाखाँचीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त, छिटो छरितो, विश्वासिलो र जनउत्तरदायी बनाउन अनुरोध गरेका हुन् ।

कर्मचारीहरु प्रति समाजले हेर्ने दृृष्टिकोणमा परिवर्तन आउन थालेको भन्दै सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहमा पारदर्शिता, जवाफदेही र उत्तरदायीपूर्ण हुनुपर्ने भनाइ मुख्यमन्त्री आचार्यको छ ।

‘हरेक क्षेत्रमा पारदर्शिता, जवाफदेही अनि उत्तरदायित्व आवश्यक पर्छ । कर्मचारीले दिने सेवामा यी विषय महत्त्वपूर्ण हुने भएकाले ध्यान दिन जरुरी छ’उनले भने,’कर्मचारीप्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सेवा प्रवाहलाई नागरिकमैत्री, सुशासन र जवाफदेहीयुक्त बनाउन जरुरी छझ उनले भने । मुख्यमन्त्री आचार्यले हुने कामहरुलाई पनि कानुनी कुरा देखाएर अलमल्याउने काम गर्न नहुने बताए ।

ञछिटोछरितो सेवाको आवश्यकता छ । तर, हामी हुने कामलाई पनि कानुको शिरानी हालेर, कानुनको आड लिएर कतिपय गाँठोहरु आफै पार्ने गर्छौंझउनले भने,’म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, हामीले कानुनको गाँठो पारेर, त्यो शिरानी हालेर जनसेवा हुन सक्दैन । यदि कानुन गाँठो परेको छ भने त्यसलाई कसरी फुकाउन सकिन्छ, हामी त्यसको निकास खोज्न तिर लाग्न जरुरी छ ।’

मुख्यमन्त्री आचार्यले कर्मचारी तहले बल्झाउने भन्दा निकास खोज्ने काममा सक्रियता बढाउन जरुरी रहेको धारणा राखे ।

‘मैले धेरै ठाउँमा देख्ने गर्छु । निकास खोज्नुभन्दा बल्झाउनेतिर जाने जुन खालेको हाम्रो परिपाटीको विकास भएको छ, यसको अन्त्य हुन जरुरी छ’मुख्यमन्त्री आचार्यले भने,’प्रदेश सरकार निजामती कर्मचारीहरुको हौसला र उत्साह बढाउन तयार छ । त्यहीँ अनुसार निजामती सेवा ऐनहरुमा वृत्तिविकासका अवसरहरु समावेश छन् ।’

यस्तै प्रदेशमा देखिएको कर्मचारीको अभाव हटाउन लोकसेवा आयोगमार्फत झण्डै २ हजार कर्मचारी भर्नाको विज्ञापन खोल्ने तयारी सरकारले गरेको मुख्यमन्त्री आचार्यले बताए । निजामती कर्मचारी दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर