संविधानमार्फत सबै समुदायको अधिकार सुनिश्चित गरेका छौं, अब समाजवादको विकल्प छैन: प्रचण्ड (भिडिओ) – Nepal Press

संविधानमार्फत सबै समुदायको अधिकार सुनिश्चित गरेका छौं, अब समाजवादको विकल्प छैन: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय रहेको बताएका छन् ।

१२ वर्षे रुद्रायणी मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही योगदानको फलस्वरुप संविधानमार्फत सबै समुदायको अधिकार एक हदसम्म सुनिश्चित गरेको बताए ।

उनले भने, ‘देशको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्रै नभई नेवाः समुदायले देशको राजनीतिक परिवर्तनको लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आइरहेको इतिहास छ । खासगरी १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय छ । यही योगदानको फलस्वरुप हामीले संविधानमार्फत सबै जाति, क्षेत्र, लिंग, भाषी समुदायको अधिकार एक हदसम्म सुनिश्चित गरेका छौं ।’

अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै जनताले देखेको समाजवादको सपना पूरा गर्नुपर्ने बताए ।


प्रतिक्रिया

2 thoughts on “संविधानमार्फत सबै समुदायको अधिकार सुनिश्चित गरेका छौं, अब समाजवादको विकल्प छैन: प्रचण्ड (भिडिओ)

  1. समानुपातिकको नाममा पद बेचेर खाने, समावेशीको नाममा तत् तत् जात समुदायका पनि धनी र बलियाले कब्जा गर्ने व्यवस्था ल्याएर त्यहाँ भएका गरिबहरूलाई झन गरिब बनाउने तिम्रो व्यवस्था काम छैन । यसले तिमी, तिम्रा सन्तान, तिम्रा भरौटे र केही पश्चिमाका दलाल जातिवादीलाई त फाईदा भएको होला तर आम गरिब जनतालाई छैन । हत्या सुरू गर्दा गरिबको मुक्ति भन्ने अहिले गरिब सखाप पार्ने व्यवस्था ल्याएर के नाप्यौ ? अब प्रचण्डलाई बोल्न बन्द गराउन चुनावमा उठनै नसक्ने गरि हराओैं । दिल्लीको दलाली अचाक्लि भयो देशमा ।

  2. पहिले साम्यवाद भनेर जनता भुल्याए अहिले समाजवाद भन्ने गर्छन् नेता । जनता जे भने पनि ताली बजाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर