ओलीले चुच्चे रेल र टावरहरूसँग जोडेर समाजवादको भाष्य बिगारेको घनश्याम भुसालकाे आरोप (भिडिओ) – Nepal Press

ओलीले चुच्चे रेल र टावरहरूसँग जोडेर समाजवादको भाष्य बिगारेको घनश्याम भुसालकाे आरोप (भिडिओ)

‘ठूला भ्रष्टाचारको मुद्दामा कांग्रेस, एमाले, माओवादीसँग राष्ट्रिय सहमति गर्न मेरै पार्टी पनि जोडिन्छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे रेल र टावरहरुसँग जोडेर समाजवादको भाष्य बिगारेको आरोप लगाएका छन् ।

हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पछिल्लो दुई वर्षयता पपुलिजम हावी भएको बताए ।

उनले भने, ‘पछिल्लो दुई वर्षमा पपुलिजमले हाम्रो समाजवाद बिगार्‍यो । व्यक्तिगत दोषारोपण पनि सुनिनसक्छ । हाम्रो समाजवादको सबैभन्दा बढ्ता भाष्य त ओलीजीले नै बिगार्नुभयो। चुच्चे रेल आउँछ, दुई वर्षमा काठमाडौंमा आउँछ, अर्को वर्ष बेनी जान्छ, उहाँले चुच्चे रेल र टावरहरुसँग जोडेर भाष्य बिर्गादिनुभयो ।

महासचिव भुसालले ४०-५० करोडभन्दा ठूला भ्रष्टाचारको मुद्दामा राष्ट्रिय सहमति हुने गरेको जिकिर गरे । कांग्रेस, एमाले, माओवादीसहित आफ्नै पार्टी पनि त्यसमा सहभागी हुने उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो जस्तो समाजमा सबै मान्छे प्युअर हुँदैन, तर मूलभूत रुपले दलाल पुँजीवादबाट मुक्त भएको नेता होस्, त्यस्तो पार्टी होस् । घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कुनै कुरामा आत्मनिर्भर हुन सक्दैन । भ्रष्टहरु पालितपोषित भएर नेताहरु बनिरहेका छन् ।’


प्रतिक्रिया

2 thoughts on “ओलीले चुच्चे रेल र टावरहरूसँग जोडेर समाजवादको भाष्य बिगारेको घनश्याम भुसालकाे आरोप (भिडिओ)

  1. बकम्फुस्से नेताहरूको अब देशमा काम छैन । कामकाजि नेता चाहियो ।गुड्डी हाँक्ने आउट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर