एन्फा महिला लिग: एपीएफसँग आर्मी पराजित – Nepal Press

एन्फा महिला लिग: एपीएफसँग आर्मी पराजित

काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफका लागि सविता रानामगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए । आर्मीका लागि एकमात्र गोल विमला चौधरीले खेलको ५६औं मिनेटमा गरेकी थिइन् ।

जारी लिगमा एपीएफको यो पहिलो जीत हो । पहिलो खेलमा एपीएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो । आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोली सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *