वायु प्रदूषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछः उपसभामुख राना (भिडिओ) – Nepal Press

वायु प्रदूषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछः उपसभामुख राना (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुला फोरममार्फत सांसदहरुसँग बसेर वायु प्रदूषणसम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन् ।

उनले जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताइन् ।

उपसभामुख रानाले भनिन्, ‘शिक्षामा पनि हाम्रो इन्क्लुसिभ फ्रेमवर्क हुनुपर्छ । डिसेब्लिटिजलाई काउन्सिलिङ गर्नेदेखि लिएर उनीहरुलाई कस्तो किसिमको इन्भायरोमेन्ट चाहिन्छ ? त्यो उनीहरुको लागि पनि सोच्नुपर्छ । इँटाभट्टामा काम गर्ने मजदुरहरुको सन्तानले धेरै नै कठिनाइ भोग्नुपर्छ । स्मोकबाट जुन इँटाहरु बनाइन्छ, त्यसले डाइरेक्ट बच्चालाई इफेक्ट हुन्छ । विश्वकै आँकडा हेर्ने हो भने धूवाँ पोलुसनले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ । यस्तो कुरालाई चिरेर लैजानुपर्छ ।’

उनले महिला, बालबालिकाहरुका लागि सरकारले छुट्याएको बजेट कम रहेको बताइन् । कानून बनाएरमात्रै नहुने भन्दै बनाएका कानूनहरुको कार्यान्वयन गर्न उनले जोड दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर