पहिरोमा परी डोटीमा हजुरआमाको मृत्यु, नातिनी घाइते – Nepal Press

पहिरोमा परी डोटीमा हजुरआमाको मृत्यु, नातिनी घाइते

डोटी । डोटीमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका- ३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको उन्ने ओडार भन्ने ठाउँमा माथिबाट आएको पहिरोमा परी मृत्यु भएको हो ।

कौमती शनिबार माइती जान घरबाट हिँडेकी थिइन् । उनको माइतीघर आदर्श गाउँपालिका- ६ सवखोलामा रहेको छ ।

कौमतीसँगै रहेकी उनकी नातिनी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएको ३ नम्बरका वडाका अध्यक्ष दीपेन्द्रप्रसाद पाठकले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर