नेपाल-भारत सम्बन्धलाई मजबुत बनाउन ईपीजी प्रतिवेदनलाई अघि बढाउनुपर्छ : कानूनविद् अधिकारी – Nepal Press

नेपाल-भारत सम्बन्धलाई मजबुत बनाउन ईपीजी प्रतिवेदनलाई अघि बढाउनुपर्छ : कानूनविद् अधिकारी

काठमाडौं । कानूनविद् डा. विपीन अधिकारीले नेपाल-भारतले ईपीजी प्रतिवेदन अघि बढाउन ढिलाइ गर्न नहुने बताएका छन् । दुई मुलुकबीचको असमानतालाई हटाउन पनि सो प्रतिवेदन बुझ्ने र त्यसैअनुसार अघि बढ्ने काममा ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘इन्टरनेशनल वाटरकोर्स लः अ पर्सपेक्टिभ अन नेपाल इण्डिया को-अपरेशन’ को समीक्षात्मक टिप्पणी गर्दै कानूनविद् अधिकारीले दुई मुलुकबीच देखिएका असमान सम्बन्धलाई सम्बोधन गर्ने कुरामा सरकारले ढिलाइ गर्न नहुने बताए ।

उनले नेपालको जलस्रोतलाई दुई मुलुकबीचको भूराजनीतिको विषय बनाउन नहुने पनि उल्लेख गरे ।

कानूनविद् अधिकारीले भने, ‘‘नेपाल भारतीबीचको अनइक्वायल रिलेशन छ । हो, त्यसलाई सम्बोधन गर्नैपर्छ । यो जुन हाम्रो ईपीजीको कुरा छ । यसलाई पनि टुंग्याउनुपर्छ र वाटरलाई जियोपोलिटिकल टुलका रुपमा प्रयोग गर्नुहुँदैन । अब यति कुरा भयो भने हाम्रो सम्बन्धमा देखिएका इरिटेशनहरु बाँकी रहँदैन । यो त चुट्की बजाएर सबै समाधान हुन्छन् ।’

नेपाल विगतमा भारतसँग कमजोर ढंगले प्रस्तुत हुँदा भएका असमान खालको सन्धि सम्झौता पुनरावलोकन हुन नसकेको उनले जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर