दुई सचिवको सरुवा: योजना आयोगमा मरासिनी, उपराष्ट्रपति कार्यालयमा बस्नेत – Nepal Press

दुई सचिवको सरुवा: योजना आयोगमा मरासिनी, उपराष्ट्रपति कार्यालयमा बस्नेत

काठमाडौं । सरकारले दुई सचिवलाई सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका सचिव मधुकुमार मरासिनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको हो ।

त्यस्तै गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

बैठकले सचिवमा बढुवा भएका गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको छ । कार्की यसअघि बागमती प्रदेशकै कायममुकायम प्रमुख सचिव थिए ।

योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले मुख्यसचिव नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै अनिवार्य अवकाशमा जानुअघि नै राजीनामा दिएका थिए । त्यसपछि रिक्त सचिव पदमा सरकारले मरासिनीलाई सरुवा गरेको हो ।

बिहीबारकै बैठकले तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी गोकर्णमणि दुवाडीलाई गृह सचिवमा सरुवा गरेको थियो । दुवाडीले शुक्रबार पदभार ग्रहण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर