धनुषामा १० जोडीले गरे दाइजोमुक्त सामूहिक विवाह – Nepal Press

धनुषामा १० जोडीले गरे दाइजोमुक्त सामूहिक विवाह

धनुषाधाम । धनुषाको मिथिला नगरपालिका- २ बेलाचापीस्थित सतलोक आश्रमममा १० जोडीले सामूहिक विवाह गरेका छन् ।

सन्त रामपालको ७४औं अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए ।

सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा १० नवजोडीको सामूहिक विवाह गरिएको उनले बताए ।

यहाँ शुक्रबारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । तीन दिवसीय कार्यक्रमअन्तर्गत दोस्रो दिन १० जनाले विवाह र १७० जनाले रक्तदान गरेको र तेस्रो दिन आइतबार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *