देगु तलेजुको पुनः निर्माण सम्पन्न – Nepal Press

देगु तलेजुको पुनः निर्माण सम्पन्न

ललितपुर ।२३ नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनः निर्माण सम्पन्न भएको छ ।

भूकम्पपछि जीर्ण अवस्थामा रहेको ऐतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिए ।

भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भने, ‘मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनः निर्माण गरिएको छ ।’

ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनः निर्माणका लागि जापान सरकारले रु १३ करोड सहयोग गरेको हो ।

ललितपुरका अधिकांश सम्पदाको पुनः निर्माण पूरा भएको छ, भने केही निर्माणाधीन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर