उच्च तरलताले बैंकहरुमा पैसा राख्ने ठाउँ भएन, राष्ट्र बैंकले आजै एक खर्ब रुपैयाँ तान्दै – Nepal Press

उच्च तरलताले बैंकहरुमा पैसा राख्ने ठाउँ भएन, राष्ट्र बैंकले आजै एक खर्ब रुपैयाँ तान्दै

काठमाडौं । बैंकिङ क्षेत्रको उच्च तरलताको समस्या अझै समाधान भएको छैन । अझै पनि बैंकहरुमा पैसा फालाफालको अवस्था रहेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा उच्च तरलता भएपछि त्यसको व्यवस्थापनको लागि आजै १ खर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट उठाउँदै छ । २१ दिने निक्षेप बोलकबोल माध्यमबाट उक्त रकम उठाउन लागेको हो ।

आज दिउसो तिन बजे बोलकबोल हुने निक्षेपको साँवा ब्याज भुक्तानी असोज १३ गते हुनेछ ।

निक्षेप संकलन उपकरणका बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

चालु आर्थिक वर्षको साउन यता ८ पटक केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २ खर्ब ४६ अर्ब ४० करोड रुपैयाँ बैंकिङ प्रणालीबाट तानिसकेको छ । आज बोलकबोल हुने निक्षेप साउन यता ९ औ पटक उठाइन लागेको हो ।

पछिल्लो समय कर्जाको ब्याजदर सस्तिएपनि कर्जा प्रवाह हुन सकेको छैन ।

निक्षेप संकलन बढेको बढ्यै तर कर्जा प्रवाह सुस्त हुँदा बैंकहरुलाई निक्षेप व्यवस्थापनमा सकस भएको छ । यसै सकसको अल्पकालीन समाधानको लागि केन्द्रीय बैंकले निक्षेप तानिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर