पूर्वविशिष्टको गाडी प्रहरी लगाएर भए पनि फिर्ता लिने लुम्बिनीका मुख्यमन्त्रीको चेतावनी (भिडिओ) – Nepal Press

पूर्वविशिष्टको गाडी प्रहरी लगाएर भए पनि फिर्ता लिने लुम्बिनीका मुख्यमन्त्रीको चेतावनी (भिडिओ)

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्व विशिष्ट व्यक्तिहरूले सरकारी सुविधा छाड्न पटक-पटक गरिएको आग्रह नमाने प्रहरी लगाएर फिर्ता ल्याउने चेतावनी दिएका छन् ।

‘पूर्वविशिष्टहरुले सेवा पाउने व्यवस्था यसअघिको सरकारले गरेको थियो, हामीहरुले खारेज गर्‍यौँ, तर गाडीहरू फिर्ता आएका छैनन् । एकजना पूर्व सभामुख र एकजना पूर्वमुख्यमन्त्रीले सरकारको आग्रहलाई अटेर गरेको अवस्था छ, सेवा सुविधा दिने निर्णय खारेज गरेसँगै गाडी फिर्ता नगरेमा प्रहरी लगाएर भएपनि फिर्ता ल्याउने छौं’ आचार्यले अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित कार्यक्रममा भने ।

नेपाल प्रेसले सरकारी खर्चमा रमाएका पूर्वविशिष्टहरूको विषय उजागर गरेको थियो । ०७८ सालमा तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीले पूर्वविशिष्टहरूलाई सेवासुविधा दिने निर्णय गराएका थिए । समाचार प्रकाशनसँग केहीले यो सुविधा फिर्ता गरेपनि अहिलेसम्म केसी र पूर्वसभामुख पूर्णबहादुर घर्तीले यो सुविधा लिइरहेका छन् । उनीहरूले यो सुविधा फिर्ता गर्न आग्रह गर्ने कर्मचारीलाई उल्टै थर्काएपछि मुख्यमन्त्रीले प्रहरी लगाएर फिर्ता गर्ने चेतावनी दिएका हुन् ।

उनले सुशासनलाई स्थापित गर्न टुक्रे योजनाको अन्त्य गर्ने र ५ लाख माथिका सबै योजना टेण्डरबाट संचालन गर्ने बताएका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्षबाटै ५ लाख माथिका सबै योजना टेण्डरमार्फत गराउनका लागि सबै जिल्लामा परिचपत्र भइसकेको बताउँदै उनले प्रदेशका योजना छुट्टै बनाउनका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर