पक्राउ पुर्जी जारी भएका भेनेजुएलाका विपक्षी दलका नेता स्पेनको शरणमा
काठमाडौं । भेनेजुएलका विपक्षी नेता स्पेनको शरणमा पुगेका छन् । केहि दिन अगाडि पक्राउ पुर्जी जारी गरिएका नेता एदमुन्दो गोन्जालेज स्पेन शरणमा पुगेको बताइएको छ ।
हालसालै भेनेजुएलामा भएको चुनावमा धाँधली भएको भन्दै गरिएको आन्दोलनको नेतृत्व गर्नेमा एक थिए, गोन्जालेज । गोन्जालेजले स्पेनमा शरण लिएको कुरा भेनेजुएलाका उपराष्ट्रपति देल्सी रोद्रिगेजले बताएकी छन् ।
उनले सामाजिक सञ्जालबाट यस्तो जानकारी सार्वजनिक गरेका हुन् । स्पेनको भेनेजुएलामा भएको राजदूतावासबाट स्पेनमा शरण लिने कुरा भएको बताइएको छ ।
उपराष्ट्रपति रोद्रिगेजले भेनेजुएला सरकारले विपक्षी नेताले खोजेको शरणमा सहयोग गर्दै देश छोड्ने वातावरण सहज गरिदिएको बताएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।