१२ वर्षपछि योगेश्वरको कमब्याक, ओमविक्रमको संगीतमा गाए ‘कुनै दिन’ – Nepal Press

१२ वर्षपछि योगेश्वरको कमब्याक, ओमविक्रमको संगीतमा गाए ‘कुनै दिन’

काठमाडौं । १२ वर्षपछि गायक योगेश्वर अमात्यको नयाँ गीत ‘कुनै दिन’ सार्वजनिक भएको छ ।

शनिवार साँझ दरबारमार्गमा आयोजित कार्यक्रममा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सरोज बास्तोलाले रचना गरेको यो गीतलाई २०५१ सालमा संगीतकार तथा गायक ओमविक्रम विष्टले आफ्नै आवाजमा रेकर्ड गराएका थिए । तर, विविध कारणले त्यसवेला सार्वजनिक हुन नसकेको यो गीतलाई पुन एरेन्ज गरेर अमात्यले आफ्नो आवाजमा रेकर्ड गराएका हुन् ।

प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकास लामिछानेको अभिनय रहेको गीतको भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका हुन् ।

यसअघि अमात्यका ‘जब सन्ध्या हुन्छ’, ‘लैजा चरी’, ‘सिन्धुली गढी’, म मरे पनि मेरो देश’ लगायत गीतहरू चर्चित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर