प्रादेशिक अस्पताल जलेश्वरमा डायलासिस सेवा सुरु – Nepal Press

प्रादेशिक अस्पताल जलेश्वरमा डायलासिस सेवा सुरु

जनकपुरधाम । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालले पनि मिर्गौला रोगीका लागि डायलायसिस सेवा सुरु गरेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजीव कुमार झाले डायलासिस सेवा तम्तयार अवस्थामा रहेको भन्दै सेवा लिन सर्वसाधारणका लागि सूचना जारी गरेका हुन् ।

उनले महोत्तरीका १५ वटै पालिकालाई समेत डायलासिस सेवा सञ्चालन भएकोबारे जानकारी गराएका हुन् ।

सूचनामा भनिएको छ, ‘त्यहाँ पालिकामा डायलासिस गराइरहेका मिर्गौला रोगीहरूलाई यस अस्पतालमा सेवा लिने गरी पठाई आवश्यक सहयोग गरिदिन हुन अनुरोध छ ।’

अस्पतालले डायलसिस सेवा लिन मोबाइल नम्बर ९८४४०३११९४ नम्बर पनि सार्वजनिक गरेको छ । उक्त नम्बरमा सम्पर्क गरी बिरामीको नाम टिपाउन अनुरोध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *