सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको नेकपा एसको ठहर – Nepal Press

सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको नेकपा एसको ठहर

खोला-नदी किनारका पीडितसँग अन्तरक्रिया गर्न र दबाबमूलक कार्यक्रम गर्न कार्यकर्तालाई निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् गरेको निष्कर्ष निकालेको छ ।

पार्टी जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा सम्वाद गर्दै दबाबमूलक कार्यक्रम गर्न पार्टी पंक्तिलाई निर्देशन दिइएको नेकपा एसले जनाएको छ । पीडितसँग तत्काल अन्तरक्रिया गर्न भनिएको आफूलाई भेट्न आएका उपत्यकाका नेताको प्रतिनिधिमण्डललाई अध्यक्ष माधव नेपालले बताएका छन् ।

काठमाडौं जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका अध्यक्ष श्याम बस्नेत र ललितपुरका हरिकृष्ण थापा नेतृत्वको प्रतिनिधिमण्डलले अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे नेताहरू गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसाललाई भेटेका थिए ।

प्रतिनिधिमण्डलमा बागमतीका सांसद पनि उपस्थित थिए । योबारे आफ्नो औपचारिका धारणा सार्वजनिक गर्न भोलि अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर