तपाईको बजारको तेस्रो सोरुम बिजुली बजारमा – Nepal Press

तपाईको बजारको तेस्रो सोरुम बिजुली बजारमा

काठमाडौं । तपाईको बजार (एसएमएस सभिस ग्रुप) को तेस्रो सोरुम आइतबार बिजुली बजारमा उद्घाटन गरिएको छ । तपाईको बजारले सबै ब्रान्डका नयाँ तथा पुराना बाइक र स्कुटरहरू विक्री गर्दै आएको छ ।

तीन वर्षअघि स्थापना भएको तपाइको बजारले तीन वटा सोरुमबाट सेवा दिइरहेको तपाईको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौरालाले बताए । काठमाडौंमा बसुन्धारा र बिजुली बजार र चितवनमा शोरुम रहेको छ ।

तपाईंको बजारको तेस्रो सोरुम बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले आइतबार उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा संसद् प्रभात तामाङ र प्रीज्म एडभरटाइजिङ एजेन्सिका म्यानेजर रञ्जित आचार्यको उपस्थिति रहेको थियो ।

तपाईको बजारबाट बाइक/स्कुटर किन्दा ३ प्रकारको फाइनान्सको सुविधा रहेको छ । तलबको आधारमा फाइनान्ससङ, व्यवसायको आधारमा फाइनान्ससङ र रेमिट्यान्सको आधारमा फाईनान्सिङको सुविधा कम्पनीले दिइरहेको छ । तपाईको बजारबाट बाइक वा स्कुटर किन्दा ग्यारेन्टी बिना सवारी साधन फाइनान्स गर्ने पहिलो कम्पनी रहेको दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर