रामेछाप कांग्रेसमा विवाद, ऊर्जा राज्यमन्त्रीको बीपी जयन्ती कार्यक्रममा अवरोध गर्ने चेतावनी – Nepal Press

रामेछाप कांग्रेसमा विवाद, ऊर्जा राज्यमन्त्रीको बीपी जयन्ती कार्यक्रममा अवरोध गर्ने चेतावनी

रामेछाप । ऊर्जा राज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले पार्टीमा सल्लाह नगरी एकलौटी गरिरहेको भन्दै अन्य पदाधिकारी र सदस्यले उनलाई अवरोध गर्ने चेतावनी दिएका छन् ।

जिल्ला कार्य समितिका सचिव दीपक खड्काले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति कान्छारामको विधानविपरीत तानाशाही प्रवृति बढिरहेकाले त्यसकाविरुद्ध एकजुट हुन आह्वान गरेका छन् । सचिव खड्काले पार्टीको बैठक बसेर विवाद समाधान नगरी एकलौटीरूपमा भदौ २४ गते बीपी जयन्ती कार्यक्रम आयोजना गरेको भन्दै सो कार्यक्रममा अवरोध गर्ने चेतावनीसमेत दिएका छन् ।

उनले सभापतिले एकलौटी र छलफलविना गरेको कार्यक्रममा विद्रोहका नारा लगाउँदै विरोध कार्यक्रमहरू सञ्चालन गरिने भन्दै सबैलाई सहभागी हुन आव्हान गरेका छन् ।

जिल्ला सभापति तथा ऊर्जा राज्यमन्त्री कान्छारामले पार्टीका उपसभापति नवराज थोकर, सचिव दीपक खड्का, विनोद कार्कीलगायत पदाधिकारीहरूसँग समेत छलफल नगरी एकलौटी पार्टी चलाइरहेकाले विरोधस्वरूप अवरोधका लागि बाध्य भएको नेविसंघका केन्द्रीय सदस्य चन्द्र थापा मगरले बताए ।

कांग्रेस रामेछापमा लामो समयदेखि विवाद छ । यसअघि नेताहरूमाथि कुटपिट समेत भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर