दमकमा गोठबाट चोरेर गौहत्या गरेको आरोपमा ४ जना पक्राउ
विराटनगर । झापाको दमकमा गोठमा बाधेका गाई चोरी गरेर काटेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले दमक नगरपालिका वडा नं. २ बेलडाँगी भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने बर्ष ४४ को प्रेम बहादुर बिष्ट सोही ठाउ बस्ने बस्ने बर्ष ३८ को खगेन्द्र दुलाललाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, सोही ठाउँ बस्ने बर्ष ३२ को बिधान थापा र दमक नगरपालिका वडा नं. ४ बस्ने वर्ष ४५ की गिता श्रेष्ठ लाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बिष्ट यस अघि पनि विभिन्न मितिमा चोरी, डाका र केही सार्वजनिक अपराधमा पक्राउ परेको प्रहरीले जनाएको छ । यस्तै, दुलाल भने जबरजस्ति करणी मुद्धा र पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा मुद्दा जेल सजाय भुक्तान गरेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
केही दिन अघि दमक नगरपालिका वडा नम्बर १ मा लक्ष्मण विष्टको गाई गोठबाट गाई चोरेर लगेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिनसिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा गाईलाई मारिएको छ । गाईको छाला तासेर मासु लगिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।