ऊर्जा राज्यमन्त्री तामाङलाई गृह जिल्लामा आफ्नै कार्यकर्ताबाट कालोझण्डासहित अवरोध – Nepal Press

ऊर्जा राज्यमन्त्री तामाङलाई गृह जिल्लामा आफ्नै कार्यकर्ताबाट कालोझण्डासहित अवरोध

रामेछाप । बीपी जयन्ती मनाउन गृहजिल्ला मन्थली पुगेका ऊर्जा राज्यमन्त्री तथा रामेछाप कांग्रेसका सभापति पूर्णबहादुर तामाङ कान्छारामलाई कांग्रेसकै जिल्ला सचिवको नेतृत्वको कालोझण्डासहित अवरोध सिर्जना भएको छ ।

मन्थली सामुदायिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्न जान लाग्दा जिल्ला कार्य समितिका सचिव दीपक खड्कासहित ४०/५०जना कार्यकर्ताले कालो झन्डा देखाएर नाराबाजीसहित अवरोध गरेका थिए ।

कार्यकर्ताको अवरोधपछि प्रहरीलाई ऊर्जा राज्यमन्त्री तामाङलाई अर्को बाटोतिरबाट लगेको थियो ।

उनीसँग रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने,नेता लेखबहादुर कार्कीलगायत थिए भने जिल्लाका वरिष्ठ नेता र पदाधिकारीले कार्यक्रम बहिस्कार गरेको नेविसंघ केन्द्रीय सदस्य चन्द्र थापा मगरले बताए ।

अवरोधका र कालेझण्डा देखाउने क्रममा प्रहरीसँग कांग्रेस कार्यकर्ताको केही बेर घम्साघम्सी समेत भएको थियो । कार्यक्रम स्थलबाहिर केही व्यक्तिले विरोध गरे पनि राज्यमन्त्रीको कार्यक्रम निर्बाध चलेको प्रहरीले जनाएको छ ।

ऊर्जा राज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले पार्टीमा सल्लाह नगरी एकलौटी गरिरहेको भन्दै अन्य पदाधिकारी र सदस्यले उनलाई अवरोध गर्ने चेतावनी दिएका थिए ।

जिल्ला कार्य समितिका सचिव दीपक खड्काले आइतबार नै प्रेस विज्ञप्ति जारी गर्दै सभापति कान्छारामको विधान विपरीत तानाशाही प्रवृत्ति बढिरहेकाले त्यसकाविरुद्ध एकजुट हुन आह्वान गरेका थिए ।

उनले सभापतिले एकलौटी र छलफलविना गरेको कार्यक्रममा विद्रोहका नारा लगाउँदै विरोध कार्यक्रमहरू सञ्चालन गरिने भन्दै सबैलाई सहभागी हुन आव्हान गरेका थिए ।

कांग्रेस रामेछापमा लामो समयदेखि विवाद छ । यसअघि नेताहरूमाथि कुटपिट समेत भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर